कोरोनाको तेस्रो लहरले अहिले संसारभर आतंक मच्याइरहेको छ। यो महामारीबाट बच्नका लागि हरेक व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गनुपर्ने हुन्छ। जस्तै मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने आदि।
तर, यसका साथै हामीले आफ्नो इम्यूनिटीलाई कसरी मजबुद बनाउने भन्ने तर्फ पनि ध्यान दिनु अति नै आवश्यक छ। कोरोना भाइरससँग लड्नका लागि हामी स्वस्थ हुनु जरुरी छ। शरीर तब स्वस्थ हुन्छ, जब हाम्रो शरीरको इम्यूनिटी सिस्टम बलियो हुन्छ। किनभने इम्यून सिस्टमले इन्फेक्सनबाट लड्नमा हाम्रो शरीरलाई सहयोग गर्दछ। इम्युनिटी सिस्टमलाई बलियो बनाउनकालागि हेल्दी डाइट खानु जरुरी हुन्छ।
एन्टी अक्सिडेन्टस् रिच फुड, प्याज, लसुन, अदुवा, गाजर, फर्सी जस्ता तरकारीहरुमा एन्टी अक्सिडेन्टस्, भिटामिन सी, बी र ई पाइन्छ। तपाई हरेक दिन आफ्नो खानामा यी तरकारीहरुमध्ये कुनै एक को प्रयोग अवश्य नै गर्नुस् जसले तपाईंको इम्यून सिस्टमलाई बढाउनुका साथै विभिन्न खाले इन्फेक्सनबाट बचाउँछ।
भिटामीन सी युक्तखाने कुराले पनि तपाईंको इक्यून सिस्टमलाई बढाउँछ। सुन्तला, अमला, बेरी, कागती र अम्बा जस्ता अमिलो खानेकुरालाई पनि आफ्नो दैनिक डाइटमा राख्नुस्। यसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ गर्दछ।
बेसार एन्टी इन्फ्लेमेटरी गुणले भरपुर हुन्छ। यसको सेवनले इम्यूनिटी बुस्ट हुन्छ। स्टार एनिज अथवा चक्रफूलको सेवन पनि हाम्रो शरीरको लागि राम्रो मानिन्छ। साथै नरिवलको तेल खानाले पनि हाम्रो इम्यून सिस्टम मजबुद हुन जान्छ।