सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धित अध्यादेशविरुद्ध अनेरास्ववियुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकोछ ।
सार्वजनिक आन्दोलनका कार्यक्रमअनुसार भाद्र २ गते देशभरका जिल्ला सदरमुकामहरु र केन्द्रमा साँझ ६ बजे प्रदर्शनीमार्गमा अध्यादेश जलाउने, भाद्र ३ गते देशभरका क्याम्पस÷शैक्षिक संस्था अगाडी प्रदर्शनसहित अध्यादेश जलाउने अनेरास्ववियुले जनाएको छ ।
त्यस्तै, भाद्र ४ गते दिउँसो १ बजे देशभरका जिल्ला सदरमुकामहरुमा जिल्ला कमिटी र उपत्यकामा केन्द्रीय कमिटीको आयोजनामा माइतिघर मण्डलामा वृहत विरोध प्रदर्शनसहित भण्डाफोर सभा गरिनेछ ।