थारुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका बन्दीलाई रिहाइको माग गर्दै आज बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
'टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष' को अवसरमा मोर्चाले बुधबारदेखि थालेको तीन दिने प्रशर्दनको दोस्रो दिन पनि प्रदर्शनकारीहरुले ‘टीकापुर विद्रोह राजवन्दीहरु रिहाइ गर’, ‘माननीय रेशमलाल चौधरीलाई ससम्मान रिहाइ गर’, ‘लाल आयोग छानविन प्रतिवेदन सार्वजनिक गर’, ‘झुटा मुद्दा खारेज गर’ लगायतका नारा लगाएर र प्लेकार्ड बोकेर विरोध गरेका छन्।
विरोध सभामा बोल्ने विभिन्न वक्ताहरुले टीकापुर घटना राजनीतिक भएको र सांसद चौधरीलगायतलाई पड्यन्त्रपूर्वक फसाइएको आरोप लगाएका छन्। प्रदर्शनमा रेशमलाल चौधरीकी श्रीमती र छोरा पनि सहभागी थिए।
प्रदर्शनमा बृहत नागरिक समाजको पनि समर्थन छ। बुधबारको प्रदर्शनमा नागरिक अभियन्ता नारायण वाग्ले, सन्जीव उप्रेती, राजेन्द्र महर्जन, भाष्कार गौतम, घिमिरे युवराजलगायत सहभागी भएका थिए।
त्यस्तै विरोध सभामा उपत्यका सडक विस्तार पीडित संघको तथा नेवा अभियन्ता, रवीन्द्र श्रेष्ठा, नरेश ताम्राकार लगायतको पनि समर्थन थियो।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित ८ जनाको मृत्यु भएको थियो। टीकापुर काण्डका मुख्य अभियुक्तका रुपमा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो।
विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट निर्वाचित अहिले चौधरी विगत तीन वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।
टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा मोर्चाले हिजो बुधबारदेखि तेस्रो चरणको तेस्रो तीन दिने प्रदर्शन
तस्विरहरुः