नयाँ पार्टी गठनमा माधव नेपाललाई विश्वास पात्रले नै अन्तिममा धोका दिएका छन् ।
नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका प्रभावशाली स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन गर्ने निर्णयमा साथ दिएका छैनन् ।
एमाले स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनीहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
नेपाललाई स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै साथ दिएका छन् ।
सम्बन्धित समाचारःअन्ततः फुट्यो एमाले, नयाँ पार्टीको नाम र चुनाव चिह्न के ?