सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ ।
बुधबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको २९ वटा रिट ‘रिट खारेज’ गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । विघटनविरुद्ध ३० रिटमधये १४६ सांसदको तर्फबाट परेको रिटलाई मूल मुद्दा मानी फैसला गरेपछि बाँकी रहेको २९ रिटमागि आज सुनुवाइ भएको थियो ।
देउवासहितको निवेदनमा सुनुवाइ भएर फैसला भइसकेको भन्दै संवैधानिक इजलासले अन्य रिट खारेज गरेको हो ।