दक्षिण एशियाली फुटबल प्रतियोगिता(साफ)को खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगिताअन्तर्गतको पहिलो खेल असोज १५ गते हुनेछ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । राजधानी मालेमा उक्त खेल हुनेछ ।
प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र माल्दिभ्स गरी छ टोली सहभागी हुनेछन् ।
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार नेपालले दोस्रो खेलमा असोज १७ गते श्रीलङ्काको सामना गर्नेछ ।
नेपालले आफ्नो तेस्रो खेलमा भारतमा सामना गर्नेछ । नेपाल र भारतबीचको स्पर्धा असोज २२ गते हुनेछ । अन्तिम खेलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ । उक्त खेल असोज २४ गते हुनेछ ।
लिग चरणमा उत्कृष्ट हुने दुई टोलीबीच उपाधिका लागि स्पर्धा हुनेछ । साफ च्याम्पियनशीपको उपाधिको खेल असोज २७ गते हुनेछ ।
साफ च्याम्पियनशीपका सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्शालामा खेलाइनेछ ।
प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालको राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा हाल पोखरामा छ । नेपाल हालसम्म साफ च्याम्पियनशीपको फाइनलसम्म पुगेको छैन ।