वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा बुधबार साँझ शाक्यलाई नियुक्त गरेका हुन् । योसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।
त्यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका थिए ।
त्यसअघि बुधबार दिउँसो शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी प्रभावशाली नेतृ शाक्य पछिल्लो समय पार्टी विभाजनको विपक्षमा उभिएकी थिइन् । नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गरे पनि उनी त्यसमा लागेकी छैनन् ।