भारतको मुम्बईस्थित हिन्दुजामा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
गिरिको घाँटीमा समस्या देखिएपछि एक साता अगाडि स्वास्थ्योपचारका लागि मुम्बई गएका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ ।
गिरिको विभिन्न परीक्षण गराइएको र शुक्रबार मात्रै रिपोर्ट आउने बताइएको छ ।
उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपसभापति विमलेन्द्र निधि मुम्बई जाँदैछन् ।