बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।