भारतको उत्तर प्रदेशको मिर्जापुरमा एक बाबुले आफ्ना चार जना सन्तानसहित विष खाएका छन् ।
बुबा र उनको दुई सन्तानको मृत्यु भएको छ भने दुई बच्चाहरुको अवस्था अत्यन्तै नाजुक छ ।
श्रीमान् र श्रीमतीबीच ऋणको बिषयलाई लिएर विवाद भएको थियो । बैंकबाट लिएको २ लाख ऋण चुक्ता गर्न नसकेपछि श्रीमान् र श्रीमतीबिच विवाद भएको थियो । त्यही तनावमा आएर मृतकले रक्सी सेवनपछि बच्चासहित विष खाएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार कांशीराम निवासमा बस्ने राजेश रक्सीको नशामा घर पुगे र खानामा विष मिसाएर आफ्ना चार सन्तान विजय, सुमन, साधना र धीरजलाई खुवाए र आफू पनि खाए ।
राजेशकी श्रीमतीका अनुसार उनका श्रीमानले माइक्रोफाइनान्सबाट २ लाख ऋिण लिएको थियो, जसको किस्ता तिर्न सकिरहेको थिएन ।
उक्त घटनाको बिषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।