नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
उनले यस विषयमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा छिट्टै मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको जानकारी दिए ।
सम्बन्धित समाचारः देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेट, के विषयमा भयो छलफल ?
उनले भने, ‘मन्त्रिपरिषद् गठनमा ढिलो गर्नुहुँदैछ । नयाँ दलको सनाखत हुने वित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
सरकारले राजनीतक दलसम्बन्धी अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्र बचाउनु ल्याएको उनको दाबी छ ।
यसअसि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याउँदा आफूहरुले विरोध गरेको प्रसंग उल्लेख गर्दै प्रचण्डले भने, ‘ओली जीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याउनु भएको थियो । अहिले देउवा जीले लोकतन्त्र, संविधान र गणतन्त्र बचाउन अध्यादेश ल्याउनु भएको हो ।’
सम्बन्धित समाचारः अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा ५ वटा रिट
अध्यादेश तरंग
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०/४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका तत्कालीन एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए । यो अध्यादेशले नेपाल र दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिलेको छ ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेलगत्तै नेपाल र ठाकुर पक्षले नयाँ दल दर्ता प्रक्रिया सुरु गरिरहेका छन् । नेपालले नेकपा एमाले समाजवादी र ठाकुरले जनता समाजवादी पार्टी लोकतान्त्रिक दल गठन गरिसकेका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।