नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीमा फेरि पनि हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टीमा फेरि पनि हस्तक्षेपको खाँचो रहेको बताएका हुन् ।
उनले पार्टीको मुख्य समस्या विचारहीनता÷सिद्धान्तहीनताबाट शुरू भएको र कम्तिमा संगठनात्मक विधि स्थापित गर्दा समस्या समाधान गर्ने ढोका खुल्ने बताएका छन् ।
तर, त्यसमा पनि इमान्दार नहुँदा तीब्ररूपमा विसर्जनतर्फ गइरहेको बताएका छन् । उनले भनेका छन्, ‘जति धेरै बेइमानी त्यति धेरै सत्यानाश ! फेरि पनि हस्तक्षेपको खाँचो छ ।’
वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी गठन गरे पनि भुसाल कतै खुलेका छैनन् । उनी यसअघि नेपाल पक्षमा थिए ।