जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भित्रिएका ९ भारतीय मोटरसाइकल बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।
विभिन्न मितिमा कागजपत्र नभएका ९ वटा भारतीय मोटरसाइकललाई चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा बरामद गरेको थियो । उक्त मोटरसाइकललाई ५ लाख ९० हजार मूल्याङ्कन गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
भन्सार कार्यालयमा बुझाइएका मोटरसाइकलः
१. BR22O 6962 ( Super Splender)
२. BR22C 3166 (HERO SPELNDER)
३. DL3S 3716 (Pulsor)
४. BR22R 6513 (Super Splender)
५. BR05F6844 (TVS )
६. BR22A 9645 (Passion)
७. BR05Q 9960 (CBZ)
८. BR22C 7187 (Super Splender)
९. BR22K 5329 (HERO HONDA)