सरकारले गाईजात्रामा उपत्यका र श्री कृष्ण जन्माष्टमीमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्रामा उपत्यका र श्री कृष्ण जन्माष्टमीमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसपटक गाईजात्रा भदौ ७ र जन्माष्टमी भदौ १४ गते परेको छ ।