साबेल प्रयोग गरेर बालुवा निकाल्न पाउँनुपर्छ भन्दै मेलम्ची नगरपालिका वडा नम्बर १३ बासिहरु आन्दोलित भएका छन्। वडा अध्यक्ष,वडा सदस्य, राजनितिक दलका प्रतिनिधि लगायत सम्पुर्ण मजदुरहरु मिलेर नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदिजन्य पदार्थ उत्खनन् गर्न पाउनु पर्ने र वडा नम्बर १३ बाट उठेको करको २५ प्रतिशत रकम सोहि वडाको विकास निमार्णको काममा खर्चगर्नुपर्ने माग रहेको आन्दोलनको सहजिकरण गरिरहनुभएका सिवराम दंगालले जानकारी दिए। स्काइभेक्टर प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन् गर्न पाउनी हामि मजदुरले वालुवा झिक्न किन नपाउनी भन्दै मजदुरहरुले प्रमुख प्रसाशकिय अधिकृत अमृत कुमार धितालको ध्यानाकर्षण गराएका थिए।
ज्ञापन पत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको जानकारी दिए। उनले बाँकि केहि निर्णय कार्यपालिका बैठकबाट गर्नेभन्दै तत्कालका लागि प्राविधिकको सिफारिसमा वडा नम्बर भित्र कुनैपनि मेसिन चलाउन नपाइने र साबेल प्रयोग गरेर बालुवा झिक्नदिने मौखिम जानकारी दिएका छन्। वालुजा झिकेरै आफ्नो रोजिरोटि गरेका माझि तथा दनुवार समुदायका नागरिकहरुको गुनासो सम्बोधन भएपछि उनिहरुले खुशि ब्यक्त गरेका थिए।