माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका एमालेका ९ स्थायी कमिटी सदस्यले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न माग गरेका छन् ।
बिहीबार राति विज्ञप्ति जारी गर्दै उनीहरुले सो माग गरेका हुन् । उनीहरुले नेपालसहितका १४ सांसदलाई गरिएको कारवाही फिर्ता लिन समेत अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । साथै नेपाललगायत पार्टी विभाजनमा लागेका नेतालाई उक्त प्रक्रिया राकेर एकतामा लाग्न आग्रह गरेका छन् ।
उनीहरुले राजनीतिक दलसम्बन्धि अध्यादेश पनि फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।