साताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ७०० सय रुपैयाँ कायम गरीएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।