नेपालसँगै महन्थ ठाकुर नेतृत्वको पार्टीको पनि नाम परिवर्तन भएको छ। महन्थ समूहले निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा दर्ताका लागि पुनः निवेदन दिएको छ।
यसअघि बुधबार ठाकुर समूहले जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो। ठाकुर समूहले प्रस्ताव गरेको नाम आफूहरुसँग मिल्ने भन्दै बिहीबार जसपाले निर्वाचन आयोगमा निवेदन दिएको थियो। त्यसपछि शुक्रबार ठाकुर समूहले आयोगको आग्रहमा नाम फेर्दै लोकनान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो।
नयाँ पार्टी ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ।