रक्षाबन्धनलाई लक्षित गरेर अनलाईन ‘गिफ्ट शप’ हाम्रो गिफ्टले ‘कम्बो अफर’ ल्याएको छ।
काठमाडौं पुतलीसडकस्थित स्टार मलमा ‘शो–रुम’ रहेको हाम्रो गिफ्टले विभिन्न सामग्रीसहितको अफर ल्याएको हो।
‘रक्षाबन्धनलाई लक्षित गरेर ग्राहकहरुको लागि सस्तो र राम्रो अफर ल्याएका छौ,’ हाम्रो गिफ्टकी निर्देशक प्रतिमा थापा बख्रेलले भनिन्, ‘आफ्ना दाजुभाई–दिदिबहिनीलाई उपहार दिन चाहनेको लागि भनेर अफर ल्याइएको हो।’
हाम्रो गिफ्टको कम्बो अफरमा रक्षाबन्धन, परफ्युम, चकलेटलगाएतका सामानहरु समेटिएको छ। कम्बो अफरको मुल्य बढीमा ३५ सय सम्मको छ।
अमेरिका, युरोपलगायतका राष्ट्रहरुबाट आयात गरिएको विभिन्न ‘ब्राण्डेड’ उत्पादनहरु अनलाइन र स्टोरमार्फत बेच्दै आएको हाम्रो गिफ्टमा विभिन्न कस्मेटिक सामग्री, घडी, चश्मा, परफ्युम, आधुनिक पोतेलगायतको सामग्रीहरु पाइन्छ।
‘गुणस्तरीय सामान प्रयोग गर्न चाहने ग्राहकहरुलाई लक्षित गरेर हामीले सामनहरु मगाउने गरेका छौ,’ निर्देशक थापाले भनिन्, ‘सस्तो भन्दा पनि गुणस्तरिय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’
अर्डर गर्नको लागि यहाँ क्लिक गर्नुहोस