सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ। पहिले उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो।