पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको हाे।
संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेको छ। एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनु पूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गर्नुभएको थियो चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।