मरेको सपना देख्दा सुतेको तिमीलाई कत्तिको आतुरी लाग्छ ?
सपना मारेर बाँचेको तिमीलाई कत्तिको निन्द्रा लाग्छ ?
सुत्न नदिने सपना बोकेका छौं कि
आनन्द को निन्द्रा लागोस भन्ने सपना बोकेर हिडेका छौं
बाच्नका लागि सास मात्र फेर्छौ कि सपनाहरु पनि फेरेका छौं ?
सपनाहरु कुच्दै तिम्रो कदम सगरमाथा पुग्दा, मन समुन्द्रको छालहरु संगै छुट्छ कि छुट्दैन ?
छुटेको पहिलो प्रेमलाई जताततै खोजे जस्तै छुटेको सपना खोज्छै कि खोज्दैनौ ?
सपना– सप्पै अटाउने पानामा तिमी अटायैं कि नाई ?
तिम्रो मनले सपना लेखेर, तिम्रो कर्मले प्रस्तुती देखायो कि नाई ?
प्रस्तुतीले गाली पायो कि ताली ?
सपनामा जिएका छौं कि सपनालाई जिएका छौं ?
के चियासंग चुरोट तानेर धुवा उडाउँदा धुवामा सपनाको चित्र देखेका छौं ?
सपना सपनै हो कि ?
सपना ? सम्पन्न ?
सपना ? सधै खाना ?
सपना ? सयौं आना ?
सपना ? सबै आफ्ना ?
सपना ? सेता पाना ?
सपना ? सप् ना ना ना...
ना भन्छौं भने तिमी, मिति पुग्नु अघि नै मरिसकेका छौं !
आतुरी लगेन नि हैन ?
किनकी यो सपना हैन ।।