बुबा र सौतेनी आमाले छोरीको हत्या गरेका छन् ।
उक्त घटना भारतको बिहारको भोजपुर जिल्ला सर्वोदयको हो । बुबा र सौतेनी आमाले १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका छन् ।
दिव्याको हत्या गरेर उनीहरुले शवलाई नहरमा फालेका थिए । अजिमाबाद पुलिस स्टेशनले भीमपुरा गाउँ नजिकैको नहरबाट किशोरीको शव बरामद गरी पोर्टमार्टमका लागि पठाएको जनाएको छ ।
प्रहरीका अनुसार विवाहको खर्च व्यहोर्नुपर्ने डरले बुबा र सौतनी आमाले दिव्याको हत्या गरेको खुलेको छ ।
मृतकका मामाका अनुसार १३ बर्ष पहिले मृतक दिव्याकी आमाको पनि हत्या गरिएको थियो । उक्त घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।