अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढा रहन निर्देशन दिएको छ। आइतबार काबुल विमानस्थल छिर्नका लागि भएको भागदौडमा ७ जना अफगानी नागरिकको मृत्यु भएपछि अमेरिकाले यस्तो निर्देशन दिएको हो।
बेलायतको रक्षा मन्त्रालयका अनुसार अहिले काबुल विमानस्थलको अवस्था एकदमै चुनौतिपुर्ण देखिएको छ। तर मन्त्रालयले स्थितिलाई सामान्य बनाउन आफूले हरसम्भव प्रयास गरिरहेको पनि बताएको छ।
अफगानिस्तानलाई फेरि तालिबानले कब्जा गरेरे सत्ता चलाउन थालेपछि अहिले अफगानिस्तान छाडेर जानेको भीड छ।
तालिबानले भने अफगानीलाई देश छोड्नबाट रोकेको छ। त्यसको लागि तालिबानले विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाएको छ।
एजेन्सी