नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकताका लागि वार्ता गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग वार्ता गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको बताए । उनले भने, ‘वैचारिक, सैद्धान्तिक र राजनीतिक रुपमा एजेण्डा मिल्ने पार्टीसँग एकता गर्छौ । यसअघि एमालेसँगको एकताबाट शिक्षा लिन्छौं तर भाग्दैनौं ।’
बैठकले पार्टीको विभाग, प्रदेश र जिल्लाका जिम्मेवारी तोकेको छ । राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर विभिन्न तहका सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ ।