नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।
ओलीले सभामुख सापकोटाविरुद्ध दिएको अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको भन्दै सत्तारुढ गठबन्धनले सोमबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको पालना गर्न आग्रह गरिएको छ ।
एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही नगरेको भन्दै एमाले अध्यक्ष ओली र एमाले सांसदले सभामुखको विरोध गर्दै आएका छन् ।