एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ । अर्को बैठक साढे २ बजेका लागि बोलाइएको छ ।
सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
एमालेले सांसद शाही र वलीलाई पदमुक्त गर्न आग्रह गरेको थियो । तर, प्रदेशसभा सचिवालयले पदमुक्त गर्न नमिल्ने बताएको थियो । एमालेले उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने बताउँदै आएको छ ।
२०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा शाही स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए भने वली तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपा एमालेबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् ।
हाल दुवै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी रहेका छन् ।