नेकपा एमालेको स्थायी कमिटी बैठक मंगलबार बस्ने भएको छ ।
बैठकमा पार्टी विभाजनमा माधव नेपालको साथ छाडेका नेता पनि सहभागी हुनेछन् ।
बैठक १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन बोलाइएको महासचिव ईश्वर पोखरेलले बताए ।
पार्टी विभाजनमा नेपाल पक्षमा नलागेका एमाले स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यलगायतका नेताहरूले सोमबार बिहान अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति कार्यान्वयका लागि निर्णायक वार्ता गरेका थिए । उक्त बैठकमा स्थायी कमिटी बैठक बोलाउने र १० बुँदे सहमति कार्यान्वयनमा लिने सहमति भएको बताइएको छ ।