राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र प्रायोजक माई सेकेण्ड टिचरले सोमबार राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
पाँच सय नमुनामध्ये आदर्श पोखरेलले बनाएको जर्सी सार्वजनिक गरिएको क्यानले जनाएको छ ।
पोखरेललाई जर्सी डिजाइन प्रतियोगिताको विजेता घोषणा गरिएको छ । जर्सी डिजाइन प्रतियोगिताको विजेता बनेसँगै उनले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।