पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुने भन्दा निको हुने संक्रमितको संख्या बढी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्ट भएको छ । सोही अवधिमा १९२४ जना निको भएका छन् । लगातार तीन दिन संक्रमण पुष्टि हुने भन्दा निको हुने संक्रमितको संख्या बढी छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । जसमध्ये ३८ हजार ३५१ सक्रिय संक्रमित छन् ।
हालसम्म ७ लाख ९७ जना संक्रमित निको भइसकेका छन् । जुन कुल संक्रमितको ९३.५ प्रतिशत हो ।
सोमबार कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रणबाट १० हजार ५३३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल आईसीयुमा ६७९, भेन्टिलेटरमा १७६ संक्रमित छन् ।
सोमबार सबैभन्दा बढी काठमाडौंमा ४४१ संक्रमित फेला परेका छन् ।
त्यस्तै, कास्कीमा २०८, ललितपुरमा १६७, भक्तपुरमा एक सय संक्रमित थपिएका छन् । अन्य जिल्लामा एक सय भन्दा कम संक्रमित थपिएका छन् ।