सत्तारुढ दल निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले मूल्य तत्काल फिर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई खारेज गर्न पनि माग गरिएको छ । गरिब जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न संयुक्त विद्यार्थी संगठनले खबरदारी गरेकोछ ।
विद्यार्थी संगठनले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेन्डर ध्वस्त हुने अवस्थामा पुगेको र विद्यार्थीहरू चरम आर्थिक मारमा परेको हुनाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्न माग गर्दछौं ।’