प्रदेश न २ आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले पुर्ण जीवन नेपाल सुधार केन्द्रको अनुगमन गरेका छन् ।
मन्त्री शाहले सोमबार साँझ धनुषास्थित सुधार केन्द्रको अनुगमन गरेका हुन् । सो क्रममा उनले सुधार केन्द्रका सञ्चालकसँग सुधार केन्द्रको अवस्था, लागू औषध नियन्त्रणबारे छलफल गरेका थिए ।
अनुगमनको क्रममा मन्त्री शाहले प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । साथै उनले कुलतमा फसेका नागरिकहरुको व्यवस्थापन गर्ने बताए ।
सुधार केन्द्रका कार्यकारी निर्देशक अजितम पाण्डेले सुधार केन्द्रको अवस्थाबारे जानकारी दिएका थिए । लागू औषध नियन्त्रणका लागि पहल गरिदिन निर्देशक पाण्डले मन्त्री शाहलाई आग्रह गरेका थिए ।