काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप भएको छ ।
मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञामा पुरानै नियमलाई निरन्तरता दिइएको छ ।
यसअघिको राति ८ बजे पछाडी गाडी चलाउन नपाइने व्यवस्था हटाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइने छैन, मास्क अनिवार्य गरिएको छ ।
यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।