राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ ।
सन् २०२२ को एएफसी महिला एशिया कप छनोट खेल्ने टोलीको मंगलबार घोषणा गरिएको हो ।
प्रमुख प्रशिक्षक गैरी फिलिप्स २३ सदस्यीय टोलीको घोषणा गर्दा बन्द प्रशिक्षणमा सहभागी पाँच जना खेलाडी बाहिरिएका छन् । अमिशा कार्की, अञ्चली वाइबा, मनिषा राउत, हिमा चौधरी र शर्मिला थापा बाहिरिए ।
घोषित टोलीमा तीन जना गोलकिपर छन् । अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा र उशा नाथलाई गोलकिपरको रुपमा टोलीमा स्थान दिइएको छ ।
अमृता, जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला बिके, बिमला चौधरी, दीपा राई, गीता राना, हिराकुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ्ग, निशा थोकर टोलिमा स्थान सुनिश्चित गरेका छन् ।
त्यसैगरी, प्रीति राई, पूजा राना, पूनम जर्घा मगर, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटे, सबिता राना, सरु लिम्बु र सृजना सिंह टोलीका सदस्यको रुपमा अटाएका छन् ।
नेपालको राष्ट्रिय महिला फुटबल टोलिले छनोट अन्तगर्तको पहिलो खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । हङ्गकङ्गबिरुद्ध नेपालले २१ सेप्टेम्बरमा उज्वेकिस्तानमा स्पर्धा गर्नेछ ।