पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ हजार ८१० नमुना परीक्षण गर्दा २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ५१ हजार १ पुगेको छ । जसमध्ये ३८ हजार २५० सक्रिय संक्रमित छन् ।
मंगलबार २०८६ संक्रमित निको भए । हालसम्म ९३.५ प्रतिशत संक्रमित निको भएका छन् ।
मंगलबार ३५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।
हाल ६२० संक्रमित सघन उपचार कक्षमा र १७० संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
मंगलबार काठमाडौंमा ५१८, झापामा १९३, कास्कीमा १६३, मोरङमा १५०, ललितपुरमा ११९, भक्तपुरमा १०१ संक्रमित थपिएका छन् । अन्य जिल्लामा एक सय भन्दा कम संक्रमित थपिएका छन् ।