काठमाडौं — नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्दै २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन स्थायी कमिटी बैठकले निर्देशन दिएको छ ।
बैठकले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्न लागेका माधवकुमार नेपाललाई एकताका लागि आह्वान गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले उक्त आह्वान गरेको प्रवक्ता प्रदीय ज्ञवालीले जानकारी दिए ।
सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले बताए ।
बैठकले एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।
भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन असोज पहिलो ४, ५ र ६ गते गर्ने निर्णय भएको छ । स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।
बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।
आजको बैठकमा पार्टी विभाजन गरेका माधवकुमार नेपाललाई छाडेका नेता पनि सहभागी थिए ।