प्रस्तावित नेकपा (एकिकृत समाजवादी) पार्टीको दर्ता सनाखत गर्न उक्त पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सांसद तथा केन्द्रीय सदस्यहरु चन्द्रागिरीबाट सिधैं निर्वाचन आयोग पुगेको छन् । गत सोमबारदेखि चन्द्रागिरी हिल्स रिर्सार्टमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो ।
आयोगलले नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई सनाखत गर्न बुधबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मको समय दिएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज उक्त पार्टीको दर्ता प्रक्रिया टुंगो लाग्ने बताए । सामान्यता सनाखतपछि आयोगले दललाई दल दर्ताको प्रमाणपत्र दिनेछ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । उक्त संख्या आफूसँग भएको नेपाल पक्षको दाबी छ ।
माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।