योगेश भट्टराई नेकपा एमाले प्रवक्ता बनेका छन् ।
उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ता बनेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो । त्यसपछि बुधबारदेखि भट्टराई प्रवक्ता बनेका हुन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।