प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष, सांसद तथा कार्यकारिणी सदस्यहरु निर्वाचन आयोग पुगेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य केशव झाले आफूहरु पार्टी सनाखतका लागि आयोग पुगेको जानकारी दिए ।
उनले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरद सिंहसहित १४ जना सांसद र ३१ जना कार्यकारिणी सदस्य आयोगमा पुगेको जानकारी दिए ।
यसअघि प्रस्तावित नेकपा (एकिकृत समाजवादी) पार्टीको दर्ता सनाखत गर्न माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सम्बन्धित समाचारः नयाँ दल दर्ताको सनाखतका लागि नेपाल समूह आयोगमा