नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुको पार्टी फुटाउन अध्यादेश ल्याउनु अनैतिक र अनुचित कार्य रहेको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले एमाले फुटाउन सरकारले अध्यादेश ल्याउनु अनैतिक र अनुचित कार्य रहेको बताए ।
उनले भने, ‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो ।’
एमाले विभाजन गरेको माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेको भन्दै ओलीले आक्रोश पोखे ।
ओलीले २०७७ पुस ५ देखियता संसदले एउटा माखो पनि मार्न नसकेको आरोप लगाए ।
उनले कोही पनि निर्विकल्प नहुने भन्दै अनुकुल समयमा आफुले जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।
पार्टी विभाजन गर्न माधवकुमार नेपालले एमाले नेतालाई रिसोर्टमा लगेर थुनेको ओलीको आरोप थियो ।