नेता प्रदीप नेपालले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।
त्यसका लागि नेपाल निर्वाचन आयोग पुगेका थिए । नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका थिए ।
तर प्रदीप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताएका थिए ।
यसअघि उनी एमालेमै रहने अध्यक्ष केपी ओली पक्षले दाबी गर्दै आएका थियो ।