जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले आफू कुनै गुटबन्दीमा नलागेको बताएका छन् ।
मंगलबार नेपाली पब्लिकले ‘सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट’ शिर्षकमा समाचार प्रकाशित गरेको छ ।
पढ्नुस् उक्त समाचारः सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट
उक्त समाचारको खण्डन गर्दै सांसद यादवले आफू कुनै गुटबन्दीमा नलागेको बताएका हुन् । उनले भनेका छन्, ‘म कुनै गुटबन्दीमा छैन । अलमलमा छैन । जसपा थिए, छु र रहिरहनेछु ।’