माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका छन् ।
उनीहरूले बुधबार निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । भारतमा उपचाररत रहेका वरिष्ठ नेता झलनाथ खनालको दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको छ ।