राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सचेत गराउन सिफारिस गरेसँगै उनले फेरी फेसबुकमा बिवादित स्ट्याटस हालेका छन्।
उनको त्यो स्ट्याटस समितीले राखेपलाई बुझाएको प्रतिवेदनमाथी कटाक्ष गर्दै आएको बुझ्न सकिन्छ। उनले अंग्रेजीमा लेखेका छन्, ‘आईएम आउट... लेट पोलिटिक्स वर्क।’ अर्थात, म बाहिरिए, राजनीतीलाई काम गर्न दिउ।
छानबिन समितिले राखेपलाई बुझाएको प्रतिवेदनमा अल्मुताइरीले सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन जोड दिइएको छ।
यस्तै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार तथा अन्य कसैप्रति लक्षित गरी धारणा राख्न पनि अल्मुताइरीलाई रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।