निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ। दुबै पार्टीलाइ मान्यता दिइएको र प्रमाणपत्र दिइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महन्थ ठाकुर लगायतले दिएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो।