लिड्स – विश्व टेष्ट च्याम्यिनशिपअन्तरगत भारतविरुद्द जारी ऋंखलाको तेश्रो खेलमा इगंल्याण्डले पहिलो दिन शानदार प्रदर्शन गरेको छ।
लिड्समा जारी खेलको पहिलो पारीमा टस जितेर व्याटिङ गरेको भारतलाई ७८ रनको झिनो योगफलमा समेटेको इगंल्याण्डले पहिलो दिनको खेल समाप्त हुँदासम्म ४२ रनको अग्रता लिइसकेको छ।
इग्लिस बलरहरुको घातक बलिङपछी व्याटरहरुले पनि संयमित प्रदर्शन गरे। इग्लिस ओपनरहरुले पहिलो विकेटका लागि ४२ ओभरमा १ सय २० रनको अविजित साझेदारी गरेका छन्। यसक्रममा ओपनरद्वय रोरी बर्नस र हसिब हमिदले अर्धसतक बनाएका छन्।
बर्नसले १ सय २५ बलको सामना गर्दै ५ चौका र १ छक्काको मदतमा ५२ रन र हमिदले १ सय ३० बल खेल्दै ११ चौकाको मदतमा ६० रन बनाएर अविजित छन्।
यसअघि ९ जना भारतीय व्याटरहरुले दोहोरो अंकमा समेत रन बनाउन नसक्दा भारत ४० ओभर ४ बलमै ७८ रनमा अलआउट भएको थियो। उसका लागि ओपनर रोहित शर्माले १९ र मध्यक्रमका अजनिक्य रहाणेले १८ रन बनाए। अर्का ओपनर केएल राहुल शुन्यमा आउट भएका थिए भने चेतेश्वर पुजारा १, कप्तान विराट कोहली ७, विकेटकिपर व्याटर रिषभ पन्त २, अलराउण्डर रविन्द्र जडेजा ४, मोहमद शामी शुन्य, इशान्त शर्मा अविजित ८, जशप्रित बुमराह शुन्य र मोहमद सिराजले ३ रनमात्र बनाउन सके।
बलिङतर्फ अनुभवी इग्.िलस बलर जेम्स एन्डरसनले ८ (५ मेडन) ओभरमा ६ रनमात्र खर्चदै भारतको ३ टपअर्डर व्याटरलाई पभेलियन फर्काएका थिए भने क्रेग ओभरटनले १० ओभर ४ बल (५ मेडन)मा १४ रन खर्चिएर ३ विकेट लिएका थिए।
यस्तै साम कुर्रानले १० ओभर (२ मेडन) बलिङ गर्दै २७ रन खर्चिएर २ र ओली रविनसनले १० ओभर (३ मेडन) बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिए। २ ओभरमात्र बलिङ गरेका मोइन अली भने विकेटविहिन रहे।