विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पुर्वसञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले गरेको अनियमितताको नाँचेर विरोध गरेकी छिन्। नेतृ दर्शनाले बिहीबार बिहान बाँस्कोटाको विरोध स्वरुप नाँचेको भिडियो सामाजिक सञ्जाल टिकटक र फेसबुकमा सेयर गर्दै विरोध जनाएकी हुन्।
बाँस्कोटाको विरोधमा बनाइएको उक्त भिडियो १२ सेकेण्डको छ। सो भिडियो उनले फेसबुकमा गर्दै लेखेकी छन्– १० हजार इमेल आइडी बनाउन दश लाख खर्च गरेपछि गोकुल बाँस्कोटा।
केही दिनअघि महालेखापरीक्षाको कार्यालयले सार्वजनिक गरेको आफ्नो ५८ औँ प्रतिवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला गोकुल बाँस्कोटाले चरम आर्थिक दुरुपयोग गरेको उल्लेख गरेको छ। सरकारी स्रोतको चरम दुरुपयोग गर्दै बाँस्कोटाले निःशुल्क बनाउन सकिने एउटा इमेल आइडी बनाउनसमेत १० हजार खर्च गरेको महालेखापरीक्षाको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
बाँस्कोटा मन्त्री भएका बेला १० हजार कर्मचारीको इमेल बनाउन १० करोड खर्च भएको प्रतिवेदनमा उल्लेख छ।