पछिल्लो समय नेपालमा दिनप्रति दिन ख्याती कमाइरहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियनले शोको प्रत्यक्ष शुटिङ हेर्न आउने दर्शहरुलाई फोनबाट शुटिङ नखिच्न अनुरोध गरेको छ।
शुक्रबार कमेडी च्याम्पियनले आफ्नो आधिकारीक फेसबुक पेजमा एउटा पोस्ट लेख्दै यस्तो अनुरोध गरेको हो। यतिमात्र होइन, कसैले फोनबाट खिचेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको खण्डमा आफूहरु कानुनी कारवाही गर्न बाध्य हुने पनि कमेडी च्याम्पियनले चेतावनी दिएको छ।
‘कमेडी च्याम्पियन परिवारले जहिले दर्शक महानुभावको सम्मान गरेको छ र निरन्तर हाँसो र खुशी पस्कन तत्पर रहेको छ,’ कमेडी च्याम्पियनले लेखेको छ, ‘गएको शुटिङको क्रममा प्रत्यक्ष हेर्न उपस्थित हुनुभएका दर्शक महानुभावहरु मध्य केहि दर्शकले शुटिङ हुँदै गर्दा फोनले खिचेको जानकारी हुन आएका कारण सबैलाई शुटिङ हेर्न आउँदा फोनले खिच्न सख्त मनाही रहेको र खिचिसकेका कुरा सामाजिक सन्जालमा भेटिएको खण्डमा हामी कानुनी कारवाही गर्न बाध्य हुने कुरा जानकारी गराउन चाहान्छौँ।’