नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन् ।
१४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने तयारी गरेका निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीनिकट कांग्रेसका नेताहरूको सहभागिता थियो ।
सो क्रममा उनले आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउन आफूले उम्मेद्वारी दिन लागेको बताए ।