काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको छ । आक्रमणमा घाइतेहरूको सङ्ख्या १५० नाघेको छ ।
मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको छन् । इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला लिने वाचा गरेका छन् ।
बिहीवारको घटनामा १३ जना अमेरिकी सुरक्षा अधिकारीहरू मारिएका छन् ।